Saturday, August 29, 2020

यसकारण कुलमान घिसिङको पुन नियुक्ति हुनुपर्छ

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको कार्यकाल यही भदौ 29 गते सकिँदैछ अर्थात लोडसेडिङ हटाएर चर्चामा आएका कुलमान घिसिङको कार्यकाल थपिएन भने उनी बिदा हुँदैछन्। पुन कुलमानकै नियुक्तिको लागि अहिले सामाजिक संजालमा व्यापक सम


र्थन जुटिरहेको छ। यसै सन्दर्भमा सरकारले कुलमान घिसिङलाई नै बिधुत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गर्नुपर्ने १० कारणहरु उल्लेख गरेको छु। 


१.दिनमा 18 घन्टासम्म लोडसेडिङ हुने देशलाई   लोडसेडिङमुक्त बनाएकाले

२.अरबौं रुपैयाँ घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई देशकै सबैभन्दा बढी नाफा हुने सार्वजनिक संस्थान बनाएकाले

३.अहिलेका प्रतिस्पर्धी मुकेश काफ्लेले नै loadshedding गराएकाले उनीभन्दा Kulman Ghising हजारौं गुणा अब्बल र योग्य भएकाले

४.49 वर्षीय Kulman Ghising एक इन्जिनियर हुन् उनीसँग विद्युत् प्राधिकरणलाई अझ उच्चस्थानमा लानलाई कयौं योजनाहरुको भएकाले

५.धेरै साना तथा ठुला जलविद्युत परियोजनाका कामहरु हुदैछन। कति सकिने चरणमा छन् त कति अलपत्र छन्।सबैलाई समयमै सकाउन र राष्ट्रिय प्रशारण केन्द्रमा जोड्न

६. नेपाल र नेपालीलाई उज्यालो बनाउन रातदिन 24 घन्टा फिल्डमा खटिन सक्ने स्वच्छ छवि भएका भ्रष्टाचारविरोधी व्यक्तित्व भएकाले।

७.नेपाल विद्युत प्राधिकरणलाई डिजिटल बनाउन, गन्जागोल रहेको तारहरुलाई underground cabeling गर्न र बिजुली नपुगेका नेपालका हिमाली र पहाडी जिल्लाहरुमा विद्युत सेवा सुचारु गर्न

८. LP gas बिस्थापन गरि induction chulo बाट खान बनाउन सुलभ दरमा बिधुत बितरण गराउन।

९. नेपाललाई धेरै भएको बिधुत बिदेशमा निर्यात गरि देशलाई जलविद्युतमा आत्मनिर्भर बनाउन

१०. उधोग, कलकारखानाहरुलाई प्रशस्त मात्रामा बिधुत खपत गर्न दिएर मुलुकलाई समृद्धि तर्फ लान।

Sunday, August 16, 2020

पुरुष अधिकार खै?

 गत आइतबार काठमाडौंको गोंगबुमा टाउको झोलामा ज्यान खोलामा भन्ने शैलीमा एक पुरुषको लास भेटियो। घटना घटेको ४८ घन्टापछि प्रहरीले हत्यारा पत्ता लगायो। एक महिलाले उनलाई दहिमा स्लिपिङ ट्याप्लेट हालेर अचेत भएसी अण्डकोषमा हथौड़ाले हानेर धारिलो हतियार प्रयोग गरेर क्रूर शैलिमा मारेको अनुसन्धानमा खुल्यो। महिलालाई प्रहरीले नियन्त्रणमा लियो सायद कानुनसम्बत कार्वाही अगाडि बढेकै होला। अवैध यौन सम्बन्धको कारण हत्या भएको प्रहरीले निष्कर्ष निकाल्यो। त्यो घटना कुनै जबर्जस्ति र अचानक एउटा अपरिचित पुरुष महिलाकोमा जादा घटेको थिएन। ३/४ बर्ष अघिबाटको सम्बन्ध, शनिबार दुबैको सहमतिमा पुरुष महिलाकोमा आएर सङ्गै खाएको र पुरुषले रक्सी सेवन गरेको अवस्था रहेछ। यहाँ बर्षौदेखी परपुरुष र परमहिलाबिचको अवैध सम्बन्ध छर्लङ्ग देखिन्छ। अनुसन्धानमा बयानको क्रममा ती महिलाले रक्सी  खाएर छोरिमाथी आइलागेपछि सहन सकिन र हत्या गरे भन्ने हलुका कारण दिएको पाइयो। एक परपुरुषलाई घरमा बोलाएर रक्सी सेवन गराएपछि परिणाम के हुन्छ भन्ने कुरा ती महिलाले पहिलै सोच्न सक्नुपर्थ्यो। मानौं एउटा मान्छे भिरबाट जानाजान हाम् फाल्यो। भाग्यवस बाच्यो तर टाउको फुट्यो र कसरी टाउको फुट्यो भनेर कसैले सोध्दा म ढुंगामा ठोकिएर हो नि नत्र त फुट्थेन भन्या जस्तै भयो यो।

जानाजान हाम फालेसी ढुंगामा ठोकिन्छ, ज्यान नै जान्छ भन्ने कुरा आफुले सहजै अनुमान लाउन सकिन्छ।  

एउटा पर पुरुषलाई नशामा रात बिताउन आफ्नो कोठामा बोलाएसी के हुँदैन? गल्ती कस्को? छोरी समात्न जानू पुरुष कै होला तर मदिरा सेवन गरि बर्षौदेखी अवैध सम्बन्ध राख्नुमा महिला पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। छोरीलाई बलात्कार भएको छैन तर ती पुरुषको बीभत्स हत्या भयो। छोरिलाई बलात्कार नै गर्न खोज्या भए भाग्न सकिन्थ्यो, माथिबाट घरबेटी या तलबाट अरु भाडावालाई हारगुहार गर्न सकिन्थ्यो तर यहाँ सरासर पुरुष माथि अन्याय भयो। पुरुष हिंसा भयो। सकियो।

अब महत्त्वपूर्ण कुरा के छ भने मानौं यहीँ घटनामा पुरुषबाट महिलाको हत्या हुन्थ्यो भने अहिले कोरोनाको पनि वास्ता नगरी माइतीघरमा बिरोध प्रदर्शन हुन्थ्यो। हरेक पुरुषलाई अपराधी, हत्यारा र बलात्कारीको नजरले हेरिन्थ्यो। गाउँगाउँ/बस्तिबस्तिबाट फेमिनिस्टहरु निक्लिन्थे, महिला अधिकारकर्मीहरु नारा जुलुस लाउथे, मानवाधिकारसम्म गुहार्थे। नेता देखि मन्त्रीसम्मको धारणा आउथ्यो, पत्रपत्रिकामा सम्पादकीय छापिन्थ्यो, पत्रकारहरुले महिलाहिंसा भन्दै कमल, डटपेन, कापी सबै चलाउथे तर यहाँ पुरुष मारियो घटना साम्य भयो। अझै आफुलाई महिला अधिकारकर्मी भन्ने सावित्री सुवेदी र सामाजिक अभियन्ता आशिका तामाङले त बलात्कारीलाई मारेको भनेर हत्यारा कल्पना पौडेललाई साहसी भन्दै बधाई पनि दिए। यहाँबाट बुझ्न के सकिन्छ भने पुरुष अधिकार चाहिँ कहाँ छ ? टोलटोलमा आमा समूह छ, केन्द्रमा महिलाको मन्त्री छन् अनि पुरुषको पक्ष बोल्ने को? जब एउटा महिलालाई एसिड छ्यापिन्छ, सिङ्गो समाज(महिला र पुरुष दुबै) उल्टेर त्यसको बिरोध गरिन्छ। एउटा पत्नीको हत्यारालाई सर्वोच्चले सजाय घटाउदा पुरुषहरु स्वयम् मण्डला पुगेर बिरोध गर्छन् तर एक पुरुष मारिदा सब चुपचाप? आखिर पुरुष अधिकार चाहिँ कहाँ छ? 

(नोट:- म विवाहअघिको शारीरिक सम्बन्ध र बिवाहपछीको परपुरुष/स्त्रीसङ्ग हुने सम्बन्ध(व्यभिचार) दुबैलाई बहिष्कार गर्छु। अधिकांश हत्या त आत्माहत्याको कारण यहीँ हो।)

Thursday, May 28, 2020

Why government didn't see while construction of road? Kalapani, lipulekh & limpiyadhura belong to us


https://youtu.be/4eauiLySxSY

रुकुमको घटना: हामी र वास्तविकता 
हामी:- दलबल सहित अपहरण शैलिमा रातारात नाबालक केटि लिन गएसी कसको आमाबुबाले छोरी सजिलै दिन्छ र? गाउँले लखेट्दा आत्तिएर भेरिमा हाम फाएसी डुबेर मर्यो। जतिलाई समाते उनीहरूलाई प्रहरीको जिम्मा लगाए। यो घटना जातिय विभेद भन्दा अलि परको छ, केटाको पारा ठिक भएन। जातसङ्ग नजोडौ। हिजोसम्म मैलेपनि यहीँ सोचिराथे कि १५/२० जना केटाहरु लादैमा बुवाआमाले बर्सौदेखी हुर्काएको छोरी सजिलै टीका लाएर पठाइदिन्छ त? ए बाबा जातै मिल्ने भएनी त्यति सजिलै चाहिँ दिन्न के। कान्तिपुरमा तीन घेरा लाएर पिटेर भेरिमा फाले भन्ने समाचार पढेपछि मैले वास्तविकता खोज्न तिर लागे
वास्तविकता:-
चितवनमा तीनवर्ष पढेर हाल रुकुम फर्केका मेरो एकजना रुकुमका घनिष्ठ मित्र छन्। मन बेचैन भएपछि मैले उसलाई फोन गरे संयोगबस घाइतेहुने र केही बेपत्ता साथिहरु उसका साथी रहेछन्। उसले घटनाको नालीबेली बतायो घटना राती भएको होइन रहेछ, ६ बजेतिर हो जबकि हिजोआज ७ बजेसम्म उज्यालो हुन्छ। मैले भने १९/२० जना गैसकेपछी त भिड्न पर्छ नि त किन भागेको? उसले भन्यो त्या उनिहरुको संख्याभन्दा निकै बढी(१५०/२००) रहेछ। फेरि मैले भने त्या उतिखेरै कसरी तेत्रा मान्छे(१५० जनाभन्दा बढी) जम्मा भयो भन्दा उसले भन्यो केटाको घरतिर केटिपक्षको आफन्त रहेछ र उसैले दिउसै यसरी आउदैछन भनेर सुराकी लगाइदिएछ।
मैले सोधे त्यो मुलाले केटिलाई फकाएर सुटुक्क भगाउन पर्दैन किन तेत्रो मान्छे लगेको? उसले भन्यो लफ्डा पहिलेदेखि नै रहेछ र केटिलाई अब अर्कै केटासङ्ग बिहे गरिदिने सम्मको कुरा रहेछ त्यहीँ भएर केटि स्वयमले मलाई अलि धेरै मान्छे लिएर लिन आउनु भनेर बोलाकी रहिछ। यहीँ कारणले यो घटनामा केटिको मिलोमतो रहेको उनीहरुको आशंका छ।
त्यो भागेर भेरिमा हाम फालेको हैन रहेछ कुटेर घाइते बनाएर फालेका रहेछन् जुन कुरा टाउको र शरीरमा भएको चोटले प्रमाणित गर्छ। बेहुलालाई मर्नेगरी कुटेछन अनि अरुलाई पौडी खेल्न नसक्ने गरि कुटेर भेरिमा फाल्देछन। भागेर पौडी खेलेर तर्नेहरुलाई पनि पारी पट्टि गएर कुटेछन। त्या हाम फाल्न मिल्ने ठाउँ नै रहेनछ। सबैतिर समथर भएको उसले बतायो। र सबलाई कुटिसकेपछी बल्ल प्रहरीलाई बुझाएछन। मलाई चित्त नबुझेको तर्कचाहिँ के हो भन्दा केटि नाबालक भयो रे! ए बाबा नाबालक केटि बिहे नहुदै केटाको घरमा बारम्बार किन जान्छ? अर्को कुरा नाबालक केटिसङ्ग बिहे गर्न कानुनमा बन्देज छ, अब केटि लिन जादा कुटेर मारेर फाल्न पाउने व्यवस्था चाहिँ कहाँ छ यार? तर्क गर्दैगर्दा कुतर्क त नगरौं यार। त्यसैले यो घटना बिशुद्द जातिय विभेदको कारणले घटेको घटना हो। निश्पक्ष छानबिन गरि दोषीलाई कार्वाहीको दायरामा ल्याओस सरकारले। होइन भने नेपाल उज्यालो बनाएको जनार्दनको छवि हाम्रो मनमा अँध्यारो हुनेछ।