जानाजान हाम फालेसी ढुंगामा ठोकिन्छ, ज्यान नै जान्छ भन्ने कुरा आफुले सहजै अनुमान लाउन सकिन्छ।
एउटा पर पुरुषलाई नशामा रात बिताउन आफ्नो कोठामा बोलाएसी के हुँदैन? गल्ती कस्को? छोरी समात्न जानू पुरुष कै होला तर मदिरा सेवन गरि बर्षौदेखी अवैध सम्बन्ध राख्नुमा महिला पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। छोरीलाई बलात्कार भएको छैन तर ती पुरुषको बीभत्स हत्या भयो। छोरिलाई बलात्कार नै गर्न खोज्या भए भाग्न सकिन्थ्यो, माथिबाट घरबेटी या तलबाट अरु भाडावालाई हारगुहार गर्न सकिन्थ्यो तर यहाँ सरासर पुरुष माथि अन्याय भयो। पुरुष हिंसा भयो। सकियो।
अब महत्त्वपूर्ण कुरा के छ भने मानौं यहीँ घटनामा पुरुषबाट महिलाको हत्या हुन्थ्यो भने अहिले कोरोनाको पनि वास्ता नगरी माइतीघरमा बिरोध प्रदर्शन हुन्थ्यो। हरेक पुरुषलाई अपराधी, हत्यारा र बलात्कारीको नजरले हेरिन्थ्यो। गाउँगाउँ/बस्तिबस्तिबाट फेमिनिस्टहरु निक्लिन्थे, महिला अधिकारकर्मीहरु नारा जुलुस लाउथे, मानवाधिकारसम्म गुहार्थे। नेता देखि मन्त्रीसम्मको धारणा आउथ्यो, पत्रपत्रिकामा सम्पादकीय छापिन्थ्यो, पत्रकारहरुले महिलाहिंसा भन्दै कमल, डटपेन, कापी सबै चलाउथे तर यहाँ पुरुष मारियो घटना साम्य भयो। अझै आफुलाई महिला अधिकारकर्मी भन्ने सावित्री सुवेदी र सामाजिक अभियन्ता आशिका तामाङले त बलात्कारीलाई मारेको भनेर हत्यारा कल्पना पौडेललाई साहसी भन्दै बधाई पनि दिए। यहाँबाट बुझ्न के सकिन्छ भने पुरुष अधिकार चाहिँ कहाँ छ ? टोलटोलमा आमा समूह छ, केन्द्रमा महिलाको मन्त्री छन् अनि पुरुषको पक्ष बोल्ने को? जब एउटा महिलालाई एसिड छ्यापिन्छ, सिङ्गो समाज(महिला र पुरुष दुबै) उल्टेर त्यसको बिरोध गरिन्छ। एउटा पत्नीको हत्यारालाई सर्वोच्चले सजाय घटाउदा पुरुषहरु स्वयम् मण्डला पुगेर बिरोध गर्छन् तर एक पुरुष मारिदा सब चुपचाप? आखिर पुरुष अधिकार चाहिँ कहाँ छ?
(नोट:- म विवाहअघिको शारीरिक सम्बन्ध र बिवाहपछीको परपुरुष/स्त्रीसङ्ग हुने सम्बन्ध(व्यभिचार) दुबैलाई बहिष्कार गर्छु। अधिकांश हत्या त आत्माहत्याको कारण यहीँ हो।)
No comments:
Post a Comment