Sunday, August 16, 2020

पुरुष अधिकार खै?

 गत आइतबार काठमाडौंको गोंगबुमा टाउको झोलामा ज्यान खोलामा भन्ने शैलीमा एक पुरुषको लास भेटियो। घटना घटेको ४८ घन्टापछि प्रहरीले हत्यारा पत्ता लगायो। एक महिलाले उनलाई दहिमा स्लिपिङ ट्याप्लेट हालेर अचेत भएसी अण्डकोषमा हथौड़ाले हानेर धारिलो हतियार प्रयोग गरेर क्रूर शैलिमा मारेको अनुसन्धानमा खुल्यो। महिलालाई प्रहरीले नियन्त्रणमा लियो सायद कानुनसम्बत कार्वाही अगाडि बढेकै होला। अवैध यौन सम्बन्धको कारण हत्या भएको प्रहरीले निष्कर्ष निकाल्यो। त्यो घटना कुनै जबर्जस्ति र अचानक एउटा अपरिचित पुरुष महिलाकोमा जादा घटेको थिएन। ३/४ बर्ष अघिबाटको सम्बन्ध, शनिबार दुबैको सहमतिमा पुरुष महिलाकोमा आएर सङ्गै खाएको र पुरुषले रक्सी सेवन गरेको अवस्था रहेछ। यहाँ बर्षौदेखी परपुरुष र परमहिलाबिचको अवैध सम्बन्ध छर्लङ्ग देखिन्छ। अनुसन्धानमा बयानको क्रममा ती महिलाले रक्सी  खाएर छोरिमाथी आइलागेपछि सहन सकिन र हत्या गरे भन्ने हलुका कारण दिएको पाइयो। एक परपुरुषलाई घरमा बोलाएर रक्सी सेवन गराएपछि परिणाम के हुन्छ भन्ने कुरा ती महिलाले पहिलै सोच्न सक्नुपर्थ्यो। मानौं एउटा मान्छे भिरबाट जानाजान हाम् फाल्यो। भाग्यवस बाच्यो तर टाउको फुट्यो र कसरी टाउको फुट्यो भनेर कसैले सोध्दा म ढुंगामा ठोकिएर हो नि नत्र त फुट्थेन भन्या जस्तै भयो यो।

जानाजान हाम फालेसी ढुंगामा ठोकिन्छ, ज्यान नै जान्छ भन्ने कुरा आफुले सहजै अनुमान लाउन सकिन्छ।  

एउटा पर पुरुषलाई नशामा रात बिताउन आफ्नो कोठामा बोलाएसी के हुँदैन? गल्ती कस्को? छोरी समात्न जानू पुरुष कै होला तर मदिरा सेवन गरि बर्षौदेखी अवैध सम्बन्ध राख्नुमा महिला पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। छोरीलाई बलात्कार भएको छैन तर ती पुरुषको बीभत्स हत्या भयो। छोरिलाई बलात्कार नै गर्न खोज्या भए भाग्न सकिन्थ्यो, माथिबाट घरबेटी या तलबाट अरु भाडावालाई हारगुहार गर्न सकिन्थ्यो तर यहाँ सरासर पुरुष माथि अन्याय भयो। पुरुष हिंसा भयो। सकियो।

अब महत्त्वपूर्ण कुरा के छ भने मानौं यहीँ घटनामा पुरुषबाट महिलाको हत्या हुन्थ्यो भने अहिले कोरोनाको पनि वास्ता नगरी माइतीघरमा बिरोध प्रदर्शन हुन्थ्यो। हरेक पुरुषलाई अपराधी, हत्यारा र बलात्कारीको नजरले हेरिन्थ्यो। गाउँगाउँ/बस्तिबस्तिबाट फेमिनिस्टहरु निक्लिन्थे, महिला अधिकारकर्मीहरु नारा जुलुस लाउथे, मानवाधिकारसम्म गुहार्थे। नेता देखि मन्त्रीसम्मको धारणा आउथ्यो, पत्रपत्रिकामा सम्पादकीय छापिन्थ्यो, पत्रकारहरुले महिलाहिंसा भन्दै कमल, डटपेन, कापी सबै चलाउथे तर यहाँ पुरुष मारियो घटना साम्य भयो। अझै आफुलाई महिला अधिकारकर्मी भन्ने सावित्री सुवेदी र सामाजिक अभियन्ता आशिका तामाङले त बलात्कारीलाई मारेको भनेर हत्यारा कल्पना पौडेललाई साहसी भन्दै बधाई पनि दिए। यहाँबाट बुझ्न के सकिन्छ भने पुरुष अधिकार चाहिँ कहाँ छ ? टोलटोलमा आमा समूह छ, केन्द्रमा महिलाको मन्त्री छन् अनि पुरुषको पक्ष बोल्ने को? जब एउटा महिलालाई एसिड छ्यापिन्छ, सिङ्गो समाज(महिला र पुरुष दुबै) उल्टेर त्यसको बिरोध गरिन्छ। एउटा पत्नीको हत्यारालाई सर्वोच्चले सजाय घटाउदा पुरुषहरु स्वयम् मण्डला पुगेर बिरोध गर्छन् तर एक पुरुष मारिदा सब चुपचाप? आखिर पुरुष अधिकार चाहिँ कहाँ छ? 

(नोट:- म विवाहअघिको शारीरिक सम्बन्ध र बिवाहपछीको परपुरुष/स्त्रीसङ्ग हुने सम्बन्ध(व्यभिचार) दुबैलाई बहिष्कार गर्छु। अधिकांश हत्या त आत्माहत्याको कारण यहीँ हो।)

No comments:

Post a Comment